Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य सोमबार राति १२ बजेपछि लागू हुने भएको छ। नयाँ समायोजन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य सोमबार राति १२ बजेपछि लागू हुने भएको छ।

नयाँ समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ निर्धारण गरिएको छ।

निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।

मूल्यवृद्धिपछि उपभोक्तामा थप आर्थिक भार पर्ने भएको छ। निगमले अन्तर्राष्ट्रिय बजार मूल्य तथा ढुवानी खर्चका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/