spot_img
22.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रचितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

काठमाडौं — चितवन जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा राजस्व सङ्कलन उल्लेखनीय रूपमा बढेको देखिएको छ। आन्तरिक राजस्व कार्यालय भरतपुरका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको हो।

कार्यालयले चालु आवको चैत मसान्तसम्ममा कुल रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व उठाएको जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने रु १६ अर्ब ५८ करोड ३२ लाख मात्रै सङ्कलन भएको थियो। यद्यपि, वार्षिक लक्ष्यअनुसारको प्रगति भने अपेक्षाकृत कम देखिएको छ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार चालु आवका लागि रु २० अर्ब ६१ करोड २४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो, जसमा हालसम्म ८७ दशमलव ५९ प्रतिशत प्रगति भएको छ। गत आर्थिक वर्षमा भने यही अवधिमा ९० दशमलव ३८ प्रतिशत प्रगति भएको थियो।

राजस्व रकम बढे पनि लक्ष्यअनुसार प्रगति प्रतिशत घट्नुमा अन्तशुल्क संकलन कमजोर हुनु प्रमुख कारण रहेको कार्यालयले जनाएको छ। भरतपुर महानगरपालिका–२९ स्थित जुगेडीमा रहेको एक मदिरा उद्योग बन्द हुँदा वार्षिक करिब रु एक अर्ब राजस्व घटेको बताइएको छ।

चालु आवमा अन्तशुल्कतर्फ रु १३ अर्ब ४९ करोड ६३ लाख राजस्व उठाइएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु १२ अर्ब ९४ करोड ४१ लाखभन्दा बढी हो। तर प्रतिशतका हिसाबले भने संकलन घटेको देखिन्छ।

कार्यालयले आर्थिक वर्षको अन्त्यसम्ममा रु ३१ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। यस लक्ष्य हासिल गर्न बक्यौता असुलीमा कडाइ, बेरुजु फछ्र्यौट, करदाता अनुसन्धान र बजार अनुगमनलाई तीव्र बनाइएको जनाइएको छ।

प्रमुख खड्काका अनुसार हाल रु पाँच अर्बभन्दा बढी बक्यौता असुली प्रक्रिया अगाडि बढाइएको छ भने रु दुई अर्ब १५ करोडभन्दा बढी बेरुजु फछ्र्यौटका लागि विशेष अभियान सञ्चालन भइरहेको छ। साथै ६० करदातामाथि अनुसन्धान र ४० फर्ममा अग्रिम कर परीक्षण भइरहेको छ।

अवैध मदिरा नियन्त्रणका लागि विशेष अनुगमन टोली परिचालन गरिएको छ। जिल्ला राजस्व चुहावट नियन्त्रण समितिमार्फत हाटबजार, मेला तथा महोत्सवहरूमा निगरानी बढाइएको छ।

कार्यालयका अनुसार यसअन्तर्गत ७४ हजारभन्दा बढी व्यावसायिक तथा एक लाख ८६ हजारभन्दा बढी व्यक्तिगत करदाता रहेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here