Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो, पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ वृद्धि

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको हो। नयाँ मूल्य सोमबार बिहानदेखि लागू…


विज्ञापनAdvertisement Banner
1 min read

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको हो। नयाँ मूल्य सोमबार बिहानदेखि लागू हुनेगरी निर्धारण गरिएको निगमले जनाएको छ। मूल्य समायोजनपछि पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७१ रुपैयाँ र तेस्रो वर्गका लागि १७२ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५१ रुपैयाँ र तेस्रो वर्गमा १५२ रुपैयाँ तोकिएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने सुर्खेत र दाङलाई दोस्रो वर्गमा समेटिएको छ। काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरिएको छ। निगमले पछिल्लो असहज परिस्थितिका कारण बाध्य भएर पेट्रोलियम पदार्थको मूल्य बढाउनु परेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/