Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

७ महिनामा २ खर्ब ८० अर्ब भन्सार राजश्व संकलन, आयात ११ खर्ब नाघ्यो

काठमाडौं - चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपाल सरकारले भन्सारतर्फ उल्लेख्य राजश्व संकलन गरेको छ। साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँ भन्सार राजश्व…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपाल सरकारले भन्सारतर्फ उल्लेख्य राजश्व संकलन गरेको छ। साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँ भन्सार राजश्व उठेको हो।

नेपाल राष्ट्र बैंक र भन्सार विभागका अनुसार समीक्षा अवधिमा आयातमा वृद्धि भएसँगै भन्सार राजश्व पनि उल्लेख्य बढेको हो। यस अवधिमा नेपालले विदेशबाट ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। सोही आयातबाट लाग्ने भन्सार शुल्कबापत राज्यकोषमा २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ।

यस्तै, महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको हालसम्म कुल ६ खर्ब ३८ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन भइसकेको छ। चालू वर्षको बजेटले भने कर राजश्वमार्फत १३ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ। हालसम्म उठेको कुल राजश्वमा भन्सार राजश्वबाट उठेको २ खर्ब ८० अर्ब रुपैयाँ समावेश रहेको छ।

सरकारले यस अवधिमा ६६ अर्ब १५ करोड रुपैयाँ गैरकर राजश्व संकलन गरेको छ भने १२ अर्ब ९६ करोड रुपैयाँ अनुदान प्राप्त गरेको जनाएको छ।

आर्थिक विश्लेषकहरूका अनुसार आयातमा भएको वृद्धिले छोटो अवधिमा राजश्व संकलन बढाए पनि व्यापार घाटा विस्तार हुने जोखिम यथावत् रहेको छ। आगामी महिनाहरूमा राजश्व लक्ष्य हासिल गर्न आन्तरिक उत्पादन प्रवर्द्धन र कर प्रशासन सुदृढीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/