काठमाडौं – माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता अग्राधिकार शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।
बैंकले उक्त अग्राधिकार शेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश...
काठमाडौं - सन् २०२५ मा विद्युतीय गाडी (ईभी) बिक्रीको अनुपातमा नेपाल विश्वमै दोस्रो स्थानमा पुगेको छ।
नयाँ कार बिक्रीमध्ये करिब ७३ प्रतिशत हिस्सा ईभीले ओगटेको अनुमान गरिएको छ, जुन २०१९ मा केवल ८ प्रतिशत मात्र थियो।
युरोपको नर्वे ९७ प्रतिशत नयाँ कार ईभी बिक्रीसहित पहिलो स्थानमा...
काठमाडौं - रिज लाइन इनर्जी लिमिटेडको आइपीओमा माग भन्दा २५.११ गुणा बढी आवेदन परेको छ ।
उक्त कम्पनीले ११ लाख ८० हजार २ सय ६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ताका लागि आवेदन परेको छ।
कुल २६...
काठमाडौं - शेयर बजारमा आज सामान्य गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ बिन्दुमा पुगेको छ। कुल ७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
३३५ कम्पनीका १.९६ करोड कित्ता शेयर किनबेच भएका छन्। फाइनान्स, होटल र...
काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ।
जुन हिजो आइतबार ३लाख ५ हजार ८०० रुपैयाँ थियो। यसरी प्रतितोला ३,००० रुपैयाँले मूल्य घटेको छ।
विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको...
काठमाडौं- सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ३ हजार ९१६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त परिमाणको सेयर बिक्री प्रक्रिया अघि बढाएको जनाएको हो।
कम्पनीका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको...