बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निफ्राको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२६३२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं — नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न साधारण सभाको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दहालले गरेका थिए। सभामा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, सेयरधनी तथा सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले समीक्षा अवधिमा बैंकले हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका लागि तय गरिएका योजना तथा लक्ष्य र भावी रणनीतिबारे सेयरधनीहरूलाई जानकारी गराएका थिए।

सभामा सहभागी सेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधि विस्तार गर्दै लगानीकर्तालाई प्रदान गरिने प्रतिफल वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। साथै, बैंकभित्र संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै निफ्रालाई सबल वित्तीय संस्थाका रूपमा स्थापित गर्नुपर्ने सुझावसमेत दिएका थिए।

सभाले पारित गरेको नगद लाभांशले सेयरधनीलाई प्रतिफल प्रदान गर्ने निर्णयलाई अघि बढाएको छ। बैंकले आगामी दिनमा व्यावसायिक गतिविधि तथा वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिँदै अघि बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *