बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पुनर्बीमा ब्रोकरसम्बन्धी निर्देशिका संशोधन हुँदै, बीमा प्राधिकरणले माग्यो राय–सुझाव

काठमाडौं — नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ संशोधन गर्ने तयारी गरेको छ। प्राधिकरणले निर्देशिकालाई समयसापेक्ष बनाउन आवश्यक सुधार तथा संशोधनका लागि सरोकारवालासँग राय–सुझाव माग गरेको हो। प्राधिकरणले सूचना…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ संशोधन गर्ने तयारी गरेको छ। प्राधिकरणले निर्देशिकालाई समयसापेक्ष बनाउन आवश्यक सुधार तथा संशोधनका लागि सरोकारवालासँग राय–सुझाव माग गरेको हो।

प्राधिकरणले सूचना जारी गर्दै वर्तमान कानुनी तथा नीतिगत व्यवस्था र व्यावसायिक परिवेशअनुरूप निर्देशिकालाई अद्यावधिक गर्न आवश्यक देखिएको जनाएको छ।

निर्देशिकामा आवश्यक सुधार, संशोधन तथा थपघट गर्नुपर्ने विषयमा सरोकारवाला निकाय तथा व्यक्तिहरूले आफ्ना सुझाव पेस गर्न सक्नेछन्। प्राधिकरणले सम्बन्धित सबै पक्षलाई निर्देशिकालाई थप प्रभावकारी र व्यावहारिक बनाउन आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार इच्छुक सरोकारवालाले सात कार्य दिनभित्र ri@nia.gov.np इमेल ठेगानामा आफ्ना राय–सुझाव पठाउन सक्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *