spot_img
19.1 C
Kathmandu
spot_img
Homeविचारविश्लेषणबालेनलाई प्रश्नहरूकाे चाङ, आखिर कहिले देलान् जवाफ ?

बालेनलाई प्रश्नहरूकाे चाङ, आखिर कहिले देलान् जवाफ ?

काठमाडौं, प्रतिनिधि सभा निर्वाचन २०८२ झापा क्षेत्र न ५ तथा रास्पपाका प्रस्तावित  प्रधानमन्त्रीका उम्मेदवार काठमाण्डौ महानगरका पूर्व प्रमुख बालेन शाह देशभर चर्चा र विवादको केन्द्रमा परिरहेका। गत भाद्र २३ र २४ को जेन जी आन्दोलन पछि भएका आगलागी तथा त्यसपछिको अवस्था, अभिव्यक्ति र प्रशासनिक भूमिकालाई लिएर उनीमाथि कडा आलोचना र आरोपहरू उठिरहेका छन्। आलोचकहरूका अनुसार उक्त घटनामा बालेनको शैली र निर्णयले समस्या समाधानभन्दा पनि तनाव बढाएको आरोप लगाइएको छ।

राजनीतिक विश्लेषक र नागरिक समाजका कतिपय सदस्यले बालेनलाई ‘जेन–जी’ पुस्ताको प्रेरक र विद्रोही नेतृत्वका रूपमा उदाए पनि, संकटको घडीमा देखिएको उनको आक्रामक अभिव्यक्ति, सीमित संवाद र सञ्चारमाध्यमसँग दूरीले नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। आलोचकहरू भन्छन्—संवेदनशील घटनामा संयमता, समन्वय र पारदर्शिता आवश्यक हुन्छ, तर बालेनको प्रतिक्रिया त्यसको विपरीत देखियो।

सामाजिक सञ्जालमार्फत आक्रामक अभिव्यक्ति आए पनि प्रेस सम्मेलन वा प्रत्यक्ष प्रश्नोत्तरमार्फत जवाफ नआउनु आलोचनाको अर्को कारण बनेको छ।

बालेनको समग्र राजनीतिक आचरणसमेत आलोचनाको घेरामा छ। मन मिलेको बेला बालकोट पुगेर **केपी शर्मा ओली**सँग नजिकिएको देखिनु, तर सार्वजनिक बहसमा प्रश्न उठ्दा टाढा रहनुले ‘दोहोरिएको मापदण्ड’ अपनाएको आरोप लगाइएको छ। झापामा भएको एक  सार्वजनिक प्रश्नोत्तर कार्यक्रममा उपस्थित नहुनु र एक वटा कुर्सि खाली राखेर कार्यक्रम सञ्चालन हुनुलाई चासोका साथ हेरिएको छ ।

यसअघि पनि बालेन विभिन्न विवादमा मुछिँदै आएका छन्। पत्रकार **दिनेश सिटौला**को मृत्यु प्रकरण, करोडौँ मूल्यका गाडीहरूको उपहार स्वरुप प्रयोग, राजस्वमारा भनिएका व्यापारीसँगको निकटता, महँगा सवारीसाधन उपहार, दरबारमार्गमा गरिएको करोडौँको ग्रेनाइट व्यापारी सँग  खरिद यी सबै विषयमा उनले प्रत्यक्ष र स्पष्ट सार्वजनिक जवाफ नदिएको आलोचकहरूको भनाइ छ।

अर्को मुख्य बिन्दु भनेको सञ्चारमाध्यम र जनतासँगको दूरी हो। बालेनमाथि ‘मिडिया–एलर्जी’ भएको, आलोचनात्मक प्रश्न सुन्न नचाहेको र सामाजिक सञ्जालमार्फत मात्र एकतर्फी सन्देश दिने गरेको आरोप लाग्दै आएको छ। आलोचकहरूका अनुसार यस्तो शैलीले संकटको समयमा विश्वास बढाउने होइन, झनै अविश्वास सिर्जना गर्छ।

राजनीतिक टिप्पणीकारहरू भन्छन्—‘जेन–जी’को उर्जा र आक्रोश आन्दोलनका लागि उपयोगी हुन सक्छ, तर शासन र नेतृत्वका लागि परिपक्वता, संवाद र जवाफदेहिता अनिवार्य हुन्छ।

निष्कर्षमा, बालेन शाह ‘जेन–जी’ आन्दोलनका प्रतीक र स्थापित राजनीतिका आलोचकका रूपमा उदाए पनि, उनी गम्भीर आरोप र आलोचनाको घेरामा परेका छन्। संकट व्यवस्थापन, संवाद र जवाफदेहितामा कमजोरी देखिएको भन्दै सार्वजनिक असन्तोष बढ्दो छ। यी सबै आरोप र आलोचनाबारे बालेनले जनतासामु स्पष्ट र प्रत्यक्ष जवाफ कहिले दिने?

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here