spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तबैंकिङ क्षेत्रमा निक्षेप ७७ खर्बमाथि, अझै १० खर्ब कर्जा प्रवाह गर्ने क्षमता

बैंकिङ क्षेत्रमा निक्षेप ७७ खर्बमाथि, अझै १० खर्ब कर्जा प्रवाह गर्ने क्षमता

काठमाडौं- नेपालका बैंक तथा वित्तीय संस्थामा संकलित कुल निक्षेप रकम ७७ खर्ब रुपैयाँ नाघेको छ। पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा कुल निक्षेप ७७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५७ खर्ब ९६ अर्ब रुपैयाँमा सीमित रहेको देखिएको छ।

वाणिज्य बैंकहरूको मात्र तथ्यांक हेर्दा निक्षेप ६९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। यिनले ५१ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। त्यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूमा ७ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ६ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएको छ।

हाल बैंकिङ क्षेत्रको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ७४.३२ प्रतिशत रहेको छ। यसले संकलित निक्षेपको करिब तीन चौथाइ हिस्सा कर्जाका रूपमा लगानी भएको देखाउँछ। नियामक निकाय नेपाल राष्ट्र बैंक ले तोकेको सीमा अनुसार हेर्दा बैंकहरूसँग अझै करिब १० खर्ब रुपैयाँसम्म थप कर्जा विस्तार गर्ने क्षमता रहेको अनुमान गरिएको छ।

यस्तै, अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा झरेको छ, जसले प्रणालीमा तरलता सहज बन्दै गएको संकेत गर्छ। निक्षेपको वृद्धि र सीडी रेसियोको अवस्थाले बैंकिङ क्षेत्र तुलनात्मक रूपमा सन्तुलित स्थितिमा रहेको देखिन्छ।

विश्लेषकहरूका अनुसार यदि कर्जा माग क्रमशः बढ्दै गयो भने उद्योग, व्यापार तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार हुने सम्भावना छ। बैंकिङ क्षेत्रमा उपलब्ध तरलताले अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here