
काठमाडौं — एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको पुनः नियुक्ति असोज २४ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।
पन्तको हालको कार्यकाल असोज २३ गते शुक्रबार समाप्त हुँदैछ। कार्यकाल सकिनुअघि नै सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
पन्तले यसअघि पनि एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा कम्पनीको व्यवस्थापकीय नेतृत्व सम्हाल्दै आएका थिए।






Leave a Reply