बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग

काठमाडौं — नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ। होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ।

होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।

बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको होन्डाले जनाएको छ।

होन्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्र र समुदायको यथाशीघ्र पुनःस्थापना होस् भन्ने कामना गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *