बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हालसम्म कुन–कुन कम्पनीले गरे साधारणसभा ?

काठमाडौं — चालु आर्थिक वर्ष सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूले वार्षिक तथा विशेष साधारणसभा गर्न थालेका छन्। हालसम्म बैंक, वित्त कम्पनी, जलविद्युत् र लघुवित्त क्षेत्रका विभिन्न कम्पनीले सभा सम्पन्न गरेका छन्। वाणिज्य…


विज्ञापनAdvertisement Banner
◷
1 min read
Debentures: Meaning, Features and Benefits

काठमाडौं — चालु आर्थिक वर्ष सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूले वार्षिक तथा विशेष साधारणसभा गर्न थालेका छन्। हालसम्म बैंक, वित्त कम्पनी, जलविद्युत् र लघुवित्त क्षेत्रका विभिन्न कम्पनीले सभा सम्पन्न गरेका छन्।

वाणिज्य बैंकतर्फ एभरेस्ट बैंकले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित गरेको छ भने सानिमा बैंकले १० प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।

विकास बैंक तथा वित्त कम्पनीतर्फ कामना सेवा विकास बैंकले १५ प्रतिशत र आईसीएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद लाभांश पारित गरेका छन्।

जलविद्युत्तर्फ सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस र ०.७८९४७ प्रतिशत नगद लाभांश, केवेली हाइड्रोपावरले १६.३१ प्रतिशत तथा माण्डू हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश पारित गरेका छन्। मनकामना इन्जिनियरिङ र सानिमा हाइड्रोपावरले पनि साधारणसभा सम्पन्न गरेका छन्।

लघुवित्ततर्फ जीवन विकास, मानुषी र युनिक नेपाल लघुवित्तले विशेष साधारणसभामार्फत मर्जरसम्बन्धी प्रस्ताव अघि बढाएका छन्।

समग्रमा कम्पनीहरूको साधारणसभामा लाभांश, पुँजी वृद्धि, हकप्रद शेयर, सञ्चालक निर्वाचन र मर्जर मुख्य एजेन्डा बनेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *