Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायु सक्रिय, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार यसको असरले तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार यसको असरले तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार, आज दिउँसो तराई क्षेत्रमा कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ। रातिको समयमा पनि तराईका थोरै स्थानमा तुवाँलो रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली कायम रहने जनाइएको छ।

मौसममा आएको परिवर्तनले विशेषगरी हिमाली क्षेत्रमा आवागमन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/