बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एटीएमबाटै सय रुपैयाँका नयाँ नोट

काठमाडौं — दसैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले केही एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट वितरण गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनपछि काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायत केही स्थानका एटीएमबाट…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — दसैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले केही एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट वितरण गर्न थालेका छन्।

नेपाल राष्ट्र बैंकको निर्देशनपछि काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायत केही स्थानका एटीएमबाट सय रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गरिएको हो।

यसअघि अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँका नोट मात्रै निकाल्न मिल्थ्यो। साना दरका नोट लिन बैंकका काउन्टरमा लामो लाइन बस्नुपर्ने बाध्यता थियो।

नयाँ प्रविधिका एटीएममा तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले सय रुपैयाँका नोट राख्न सहज छ। राष्ट्र बैंकका अनुसार बैंकहरूले आफ्ना १५ देखि २५ प्रतिशत एटीएममा सय रुपैयाँका नोट राख्न सकिने छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *