Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको बोनस सेयर सूचीकरण भएसँगै अब सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको बोनस सेयर सूचीकरण भएसँगै अब सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

सूचीकृत हुने कम्पनीहरूमा शिवम् सिमेन्ट्स, कृषि विकास बैंक र आशा लघुवित्त रहेका छन्। शिवम् सिमेन्ट्सको १३ लाख ६४ हजार २०२.१२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

त्यस्तै, आशा लघुवित्तको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। संस्थाले सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यता, कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकले गत वर्षको नाफाबाट ३.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/