बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी

काठमाडौं — पछिल्लो २४ घण्टामा चितवनसहित देशका विभिन्न स्थानमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुर मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — पछिल्लो २४ घण्टामा चितवनसहित देशका विभिन्न स्थानमा अति भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुर मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा भएको छ । यो अवधिमा उक्त केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको हो ।

त्यस्तै, नवलपरासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर, चितवनको मेघौलीमा २०२.८ मिलिमिटर र तनहुँको अत्रौलीटारमा २०२.२ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ । १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा मान्ने गरिन्छ ।

विभागका अनुसार मधेश प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

आजदेखि भने मौसममा क्रमिक सुधार आउने पूर्वानुमान गरिएको छ । कोशी र मधेश प्रदेशमा आकाश खुल्दै जाने तथा काठमाडौं उपत्यकामा पनि मौसममा उल्लेख्य सुधार हुने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *