बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पोखरा विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान सुरु

काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको उडान सुरु…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ।

विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो तथा सुरक्षा व्यवस्थासहितका सम्पूर्ण तयारी पूरा भएको विमानस्थल प्रशासनले जनाएको छ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले यात्रु जाँचपास, राजस्व सङ्कलन तथा निकासी–पैठारीलगायतका कामका लागि आवश्यक तयारी पूरा गरिएको बताए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वको प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने बताए। फ्लाई दुबईले दुबईमार्फत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रु सेवा उपलब्ध गराउने भएकाले पोखराको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ छ।

यस्तै, रोजगारी तथा अध्ययनका लागि दुबई जाने नेपाली यात्रुलाई समेत पोखराबाटै नियमित उडान सुरु भएपछि सहज हुने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरी जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षणसमेत गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *