काठमाडौँ – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा नौ सय रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार नौ सय रुपैयाँ र एक तोला चाँदीको मूल्य चार हजार आठ सय पचासी रुपैयाँ निर्धारण भएको छ।
हिजो सोमबार सुनको मूल्य तीन लाख दुई हजार आठ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार आठ सय साठी रुपैयाँ थियो।
साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला सुन तीन लाख पाँच हजार आठ सय रुपैयाँ र चाँदी चार हजार नौ सय पचासी रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारअनुसार आज सुनको एक औँस मूल्य चार हजार नौ सय सत्तरी अमेरिकी डलर र चाँदीको मूल्य अस्सी अमेरिकी डलरमा कारोबार भइरहेको छ।




