
एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै उपाधि जितेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रनको बलियो योगफल तयार गरेको थियो।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै १०२ रन बनाए। अर्जन कुमालले ४३ रन, रोहित पौडेलले ४० रन तथा गुल्सन झाले ५२ रनको योगदान दिए। त्यस्तै, ईसन पाण्डेले १३, दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोराले ७, करण केसीले १, वसिर अहमदले १५ र ललितले १ रन बनाए। सन्दीप लामिछाने भने खाता खोल्न नपाउँदै आउट भए।
३१४ रनको लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २६९ रन मात्र बनाउन सक्यो। यूएईका ब्याटरहरूले केही समय नेपालको बलिङमाथि दबाब सिर्जना गरे पनि लक्ष्यसम्म पुग्न सकेनन्।
नेपालका बलरमध्ये करण केसीले सर्वाधिक ३ विकेट लिए। ललितले २ विकेट हात पार्दा सन्दीप लामिछाने, रोहित पौडेल, गुल्सन झा,वसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
नेपालले ब्याटिङमा बनाएको ठूलो स्कोरलाई बलरहरूले पनि प्रभावकारी प्रदर्शनमार्फत जोगाएपछि फाइनलमा यूएईमाथि ४४ रनको जित निकाल्न सफल भयो।






Leave a Reply