Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं - बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएको छ। कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएको छ। कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन बाँकी शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्कासनपछि बाँकी रहेको शेयर सर्वसाधारणका लागि ल्याएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा भदौ २५ गतेसम्म खुला रहनेछ । सो अवधिमा मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/