Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निरन्तर तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब नजिक

काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागेको बजारले बिहीबार पनि वृद्धि कायम राख्दै लगातार तेस्रो कारोबार दिन…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागेको बजारले बिहीबार पनि वृद्धि कायम राख्दै लगातार तेस्रो कारोबार दिन बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले वृद्धि भएको छ।

सूचकसँगै बजारमा कारोबार रकमसमेत बढेको छ। बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन ३४६ स्टकको ४० हजार ६९२ पटक कारोबार हुँदा कुल १ करोड २१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

बिहीबारको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ। चिरख्वा हाइड्रोपावरको शेयरमूल्य पनि साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशतले उकालो लागेको छ।

यस दिन कारोबारमा आएको पियाेर इनर्जीको शेयरमूल्य भने सर्वाधिक १३.३३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स बिहीबार शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ। सोलु हाइड्रोपावरको कारोबार रकम पनि साढे १२ करोड रुपैयाँ नाघेको छ।

बिहीबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

बढ्ने उपसमूहमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/