Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

त्रिशूली बाढीपछि निर्जीवन बीमामा २५ अर्बभन्दा बढीको दाबी

त्रिशूली नदीमा आएको भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएपछि निर्जीवन बीमा कम्पनीहरूमा परेको बीमा दाबीको रकम २५ अर्ब रुपैयाँ नाघेको छ। बाढीबाट भएको क्षतिमा बीमितहरूले २०८३ भदौ १५…


विज्ञापनAdvertisement Banner
2 min read

त्रिशूली नदीमा आएको भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएपछि निर्जीवन बीमा कम्पनीहरूमा परेको बीमा दाबीको रकम २५ अर्ब रुपैयाँ नाघेको छ। बाढीबाट भएको क्षतिमा बीमितहरूले २०८३ भदौ १५ गतेसम्म कुल ५८३ वटा बीमा दाबी दर्ता गराएका छन्। ती दाबीमार्फत प्रारम्भिक तथा अनुमानित रूपमा २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ।

प्राप्त विवरणअनुसार बाढीबाट सबैभन्दा ठूलो आर्थिक क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा देखिएको छ। यस क्षेत्रमा ५२ वटा दाबी परेकोमा २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको क्षति दाबी गरिएको छ।

त्यस्तै, सम्पत्ति बीमातर्फ ११३ वटा दाबीमार्फत २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ। मोटर बीमामा भने सबैभन्दा धेरै ३१३ वटा दाबी परेको छ, जसअन्तर्गत १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरिएको छ।

बाढीको प्रभाव अन्य बीमा क्षेत्रमा समेत देखिएको छ। परिवहन बीमामा ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ, अन्य बीमा शीर्षकमा ५४ वटा दाबीबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ तथा स्वास्थ्य बीमामा ४ वटा दाबीबाट ४ करोड १६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रबाट दाबी गर्ने १५ वटा निर्जीवन बीमा कम्पनीमध्ये द ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ८ वटा दाबी परेको छ। उक्त कम्पनीमा १३ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी दर्ता भएको छ।

यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा ४ करोड ९७ लाख ४८ हजार रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडमा २ करोड १० लाख २८ हजार रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ।

प्राधिकरणको विवरणअनुसार सबैभन्दा कम दाबी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। उक्त कम्पनीमा एउटा दाबीमार्फत ५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ।

बाढीबाट भएको वास्तविक क्षतिको मूल्यांकन तथा बीमा दाबीको प्रक्रिया अघि बढ्दै जाँदा कुल दाबी रकममा थप परिवर्तन हुन सक्ने देखिन्छ। हालको तथ्यांक प्रारम्भिक तथा अनुमानित दाबीमा आधारित रहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/