Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रसुवा बाढीमा बैंक, बीमा तथा वित्तिय संस्थामा कार्यरत आधाभन्दा बढी कर्मचारीहरु सम्पर्कविहीन

काठमाडौं - रसुवामा आएको भीषण बाढीका कारण बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत् आयोजनामा कार्यरत आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – रसुवामा आएको भीषण बाढीका कारण बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत् आयोजनामा कार्यरत आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन्।

बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालय, तीन बीमा कम्पनी तथा विभिन्न जलविद्युत् आयोजनाका कार्यालय र संरचनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा कार्यरत कर्मचारीमध्ये आधाभन्दा बढी अझै सम्पर्कमा आउन नसकेको सम्बन्धित क्षेत्रका अधिकारीहरूले बताएका छन्।

नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैद्यवार क्षेत्री र नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढीले अधिकांश बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

यता ऊर्जा मन्त्रालयले पनि बाढी प्रभावित क्षेत्रमा कार्यरत आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ। केही कर्मचारी भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहेको जानकारी गराएका छन्। उनीहरूले कार्यालय तथा कार्यस्थल भने बाढीले बगाएको वा क्षतिग्रस्त भएको बताएका छन्।

रसुवा क्षेत्रमा नेपाल लाइफ, शिखर इन्स्योरेन्स र एशियन लाइफ लगायतका बीमा कम्पनीका कार्यालय रहेका छन्। त्यस्तै नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकका शाखा पनि प्रभावित क्षेत्रमा सञ्चालनमा थिए।

बाढीबाट क्षतिग्रस्त शाखा तथा कार्यालयको यकिन क्षति विवरण संकलन गर्ने काम भइरहेको सम्बन्धित बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन्।

सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिनुपर्ने उनीहरूको आग्रह छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/