spot_img
19.1 C
Kathmandu
spot_img
Homeविचारनेपालमा कर्पोरेट समाचारको लागि हाम्रो आवश्यकता

नेपालमा कर्पोरेट समाचारको लागि हाम्रो आवश्यकता

नेपालको मिडिया परिदृश्य हेर्दा राजनीति, अपराध, र सनसनी खोज समाचारले मुख्य स्थान ओगटेको देखिन्छ। यस्ता विषयहरू महत्त्वपूर्ण भए पनि, देशको आर्थिक मेरुदण्ड मानिने कर्पोरेट क्षेत्र, उद्यमशीलता, र उद्योग विकासका समाचार भने अपेक्षाकृत ओझेलमा परिरहेका छन्। यही खालीपनलाई सम्बोधन गर्न विशेषीकृत कर्पोरेट मिडिया आजको आवश्यकता बनेको छ।

नेपालमा हजारौँ साना तथा मझौला उद्यम, स्टार्टअप, सहकारी, उत्पादनमूलक उद्योग, पर्यटन  र सेवा क्षेत्रमा आधारित व्यवसायहरू सक्रिय छन्। तर पनि यी व्यवसायका सफलता, चुनौती, नवप्रवर्तन, लगानी वातावरण, नीति प्रभाव, र बजार प्रवृत्तिका गहिरा विश्लेषण धेरैजसो मिडियामा समेटिँदैनन्। ठूला दैनिक पत्रिकाहरू प्रायः ठूला कर्पोरेट घराना वा सरकारी घोषणामा सीमित रहने प्रवृत्तिमा छन्।

कर्पोरेट समाचार केवल नाफा–घाटाको विवरण मात्र होइन। यसले रोजगारी सिर्जना, उद्योगमैत्री नीति, कर प्रणाली, निर्यात–आयात, डिजिटल रूपान्तरण, र उद्यमशील सोचको विकास जस्ता विषय समेट्नुपर्छ। विशेषगरी युवाहरूमा बढ्दो उद्यमशील चाहनालाई सही सूचना, प्रेरणादायी  र व्यवहारिक ज्ञानमार्फत मार्गदर्शन गर्नु आजको कर्पोरेट मिडियाको प्रमुख जिम्मेवारी हो।

नेपालको औद्योगिक विकास अझै प्रारम्भिक चरणमै छ। कृषि मा आधारित उद्योग, पर्यटन, सूचना प्रविधि, उत्पादन तथा सेवा उद्योगमा अपार सम्भावना हुँदाहुँदै पनि नीति अस्पष्टता, वित्तीय पहुँचको अभाव, र जानकारीको कमीले ती सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन सकेका छैनन्। यस सन्दर्भमा, स्वतन्त्र र तथ्यपरक कर्पोरेट पत्रकारिताले नीति निर्मातालाई दबाब दिनुका साथै निजी क्षेत्रलाई सही दिशामा अघि बढ्न सहयोग पुर्याउने हामिले विश्वास लिएका छौँ ।

हामी विश्वास गर्छौं कि परम्परागत प्रमुख समाचारभन्दा फरक, गहिरो अध्ययन, विश्लेषण र समाधानमुखी रिपोर्टिङ नै नेपालमा आर्थिक चेतनाको विकासको आधार हो। उद्यमीका आवाज, उद्योगका वास्तविक समस्या, र बजारको वास्तविक अवस्था उजागर गर्ने मिडियाले मात्र दीगो आर्थिक विकासमा योगदान दिन सक्छ।

अब समय आएको छ—नेपालको सञ्चारमाध्यमले केवल घटना रिपोर्टिङ होइन, आर्थिक रूपान्तरणको साझेदार बन्ने। कर्पोरेट समाचारलाई प्राथमिकतामा राख्नु भनेको राष्ट्रको भविष्यमा लगानी गर्नु हो, भन्ने मूल सिद्धान्तको आधारमा नेपालका साथसाथै विश्व कर्पोरेट जगतको गहिरो विश्लेषण सहित निरन्तर समाचार सम्प्रेशण गर्ने प्रतिवद्धता गर्दछौ । हामि केवल घटना रिर्पोटिङ मात्रै गर्ने परम्परागत सञ्चारमाध्यम भन्दा पृथक रुपम कर्पोरेट क्षेत्रको नीतिगत बहस, विकासका लागि पैरवी तथा पहरेदारको भूमिका निर्वाह गर्दै व्यवसायिक प्रवर्दनमा समेत हाम्रो सञ्चार गृहले अग्रणी भूमिका निर्वाह गर्ने कुरामा हामी विश्वश्त छौँ ।

हामी आफूलाई केवल समाचार सम्प्रेषण गर्ने माध्यमका रूपमा सीमित गर्दैनौँ। हामी नेपालको कर्पोरेट क्षेत्र, उद्यमशीलता र उद्योग विकासका सवालमा रणनीतिक सञ्चार गर्ने जिम्मेवार पि आर मिडिया प्लेटफर्म हौँ। हाम्रो मुख्य उद्देश्य सूचना प्रवाह मात्र होइन, विश्वसनीयता निर्माण, संवाद प्रवर्द्धन र विकासमुखी सोचलाई सशक्त बनाउनु हो।

नेपालमा कर्पोरेट गतिविधिहरू प्रायः प्रमुख राजनीतिक वा सनसनीपूर्ण समाचारको छायाँमा पर्न जाने अवस्था विद्यमान छ। यही वास्तविकतालाई ध्यानमा राख्दै, हामी प्रमुख दैनिक सञ्चारमाध्यमले प्राथमिकता नदिएका तर अर्थतन्त्रका लागि महत्वपूर्ण कर्पोरेट समाचार, स्टार्टअप गतिविधि, साना तथा मझौला उद्योग, नवउद्यम, लगानी पहल, उद्योग–व्यवसायमा भएका नवप्रवर्तन र नीतिगत सुधारका प्रभावहरूलाई गहिरो अध्ययन र विश्लेषणसहित सार्वजनिक गर्छौँ।

पिआर मिडियाका रूपमा हाम्रो काम कर्पोरेट छवि व्यवस्थापन र सकारात्मक प्रस्तुतीमा आधारित छ। कुनै कम्पनीको वित्तीय अनुशासन, पारदर्शिता, कर अनुपालन, रोजगारी सिर्जना, सामाजिक उत्तरदायित्व वा उद्योग विकासमा पुर्‍याएको योगदानलाई पत्रकारिताको नैतिकता र तथ्यगत आधारमा रहेर प्रस्तुत गर्नु हाम्रो मूल सिद्धान्त हो।

हामी उद्यमी, उद्योगपति, लगानीकर्ता र नीति–निर्माताबीच सेतुका रूपमा काम गर्छौँ। निजी क्षेत्रका समस्या, अवसर र सुझावहरूलाई तथ्यपरक रूपमा उठाउँदै नीतिगत तहसम्म पुर्‍याउने वातावरण सिर्जना गर्नु हाम्रो महत्त्वपूर्ण भूमिका हो।

हामी दीर्घकालीन छवि निर्माण, विश्वसनीय सन्देश प्रवाह र सरोकारवालासँगको सम्बन्ध सुदृढीकरणमा केन्द्रित छौँ। यसले संस्थालाई बजारमा मात्र होइन, समाजमा पनि जिम्मेवार र भरोसायोग्य बनाउँछ।

यसरी, हामी समाचार प्रकाशनमै सीमित नभई आर्थिक विकास, उद्यमशील सोच र उद्योग प्रवर्द्धनका लागि सकारात्मक वातावरण निर्माण गर्ने पिआर मिडियाका रूपमा निरन्तर क्रियाशील छौँ। हाम्रो विश्वास छ— जिम्मेवार कर्पोरेट सञ्चारले मात्र दिगो आर्थिक विकास सम्भव हुन्छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here