Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वर्षदिनमा नेको इन्स्योरेन्सको नाफा २८ करोड ८३ लाख

काठमाडौं - निर्जीवन बीमा व्यवसायमा स्थापित नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा बीमा व्यवसायका महत्वपूर्ण सूचकमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चुक्ता पूँजी, बीमा…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं – निर्जीवन बीमा व्यवसायमा स्थापित नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा बीमा व्यवसायका महत्वपूर्ण सूचकमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चुक्ता पूँजी, बीमा कोष, विपद् कोष, खुद बीमा शुल्क आर्जन तथा बीमा लेख जारी गर्ने संख्यामा वृद्धि भएको हो ।

कम्पनीले समीक्षा अवधिमा २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५७ करोड ८८ लाख रुपैयाँ रहेको थियो । यसरी एक वर्षको अवधिमा कम्पनीको खुद नाफा ५०.१९ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पूँजी १०.२१ प्रतिशतले वृद्धि भई २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको बीमा कोषमा भने अझ उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा बीमा कोष ३७.२४ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोष ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, सम्भावित जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै कम्पनीले विपद् कोष पनि ८.६२ प्रतिशतले वृद्धि गरी १८ करोड १५ लाख रुपैयाँ पुर्‍याएको छ । अघिल्लो वर्ष यस्तो कोष १६ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

बीमा व्यवसाय विस्तारतर्फ पनि कम्पनीले सकारात्मक प्रगति गरेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको १ अर्ब ९० करोड ७ लाख रुपैयाँको तुलनामा २.१० प्रतिशत बढी हो ।

कम्पनीले यस अवधिमा ३ लाख ५ हजार ९८३ वटा बीमा लेख जारी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ लाख ९१ हजार ८९७ वटा बीमा लेख जारी गरिएको थियो ।

कम्पनीले बीमितलाई दाबी भुक्तानीतर्फ पनि उल्लेख्य रकम प्रवाह गरेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८९ करोड २ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी १ अर्ब ६७ करोड १५ लाख रुपैयाँ रहेको थियो । बढ्दो दाबी भुक्तानीले बीमितप्रतिको कम्पनीको दायित्व निर्वाह र सेवा प्रवाहमा सक्रियता देखाएको छ ।

यता, लगानीबाट प्राप्त आम्दानीमा केही कमी आए पनि कम्पनीको बीमा व्यवसायबाट हुने आम्दानीको आधार भने कायम रहेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ५५ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीले बीमा व्यवसाय विस्तारसँगै आफ्नो वित्तीय आधारलाई थप सुदृढ बनाउने दिशामा निरन्तरता दिएको देखिन्छ ।

कम्पनीको कुल खर्च २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । नाफामा अघिल्लो वर्षको तुलनामा कमी आए पनि कम्पनीको प्रतिशेयर नेटवर्थ भने २२६ रुपैयाँ ३३ पैसा कायम रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी १० रुपैया ४० पैसा रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/