Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रवासी नेपालीलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आह्वान

चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन्। उनले…


विज्ञापनAdvertisement Banner
3 min read

चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन्। उनले नेपालमा लगानीको वातावरण निर्माण गर्न सरकारले काम गरिरहेको बताएका हुन्।

उनले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्न सक्ने क्षेत्रमा लगानी गर्न प्रवासी नेपालीलाई विशेष आग्रह गरे। सरकारले लगानीमैत्री वातावरण तयार गर्ने, स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने तथा कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिका क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने नीति अघि बढाएको वाग्लेले बताए।

अर्थमन्त्रीका अनुसार सरकारले बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीका लागि सहज वातावरण बनाउने प्रयास गरेको छ। आर्थिक सुधारसँगै सम्मानजनक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।

सरकारी राजस्व वृद्धि गर्न कर प्रणालीमा समेत सुधार अघि बढाइएको वाग्लेले बताए। बजेटमार्फत मुलुकको आर्थिक नीतिको दिशामा परिवर्तनको सुरुआत गरिएको उल्लेख गर्दै उनले पहिलो वर्ष सुधारको आधार तयार पारिएको र आगामी वर्षहरूमा त्यसलाई थप विस्तार गर्दै लैजाने बताए।

उनले पहिलो वर्ष सुधारको थालनी, दोस्रो वर्ष थप व्यापक सुधार र तेस्रो तथा चौथो वर्षमा त्यसको परिणाम देखिने अपेक्षा व्यक्त गरे। चौथो र पाँचौँ वर्षसम्म पुग्दा सुधारबाट सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्ने उनको दाबी छ।

अर्थमन्त्री वाग्लेले मुलुकका विकास लक्ष्य हासिल गर्न आन्तरिक स्रोत परिचालनलाई महत्वपूर्ण मानेका छन्। बाह्य लगानीका स्रोत चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उनले प्रवासी नेपालीसँग रहेको पुँजी, सीप, अनुभव र ज्ञानलाई नेपालको विकासमा उपयोग गर्नुपर्ने बताए।

प्रवासी नेपालीको पुँजी तथा लगानीलाई नेपालमा परिचालन गर्ने विषय राजनीतिक घोषणापत्रमै समेटिएको र सरकारले पनि त्यसका लागि विशेष पहल गरिरहेको उनले जानकारी दिए।

सरकारले लामो समयदेखि समस्याग्रस्त रहेका रुग्ण उद्योगलाई पुनर्जीवन दिने कामसमेत अघि बढाइरहेको अर्थमन्त्रीले बताए। यस्ता उद्योगलाई पुनर्ताजगीसहित सञ्चालनमा ल्याउन आवश्यक सीप र ज्ञान भएका व्यक्तिलाई जिम्मेवारी दिने तयारी रहेको भन्दै उनले त्यसमा प्रवासी नेपालीको सहभागिता र विशेषज्ञता उपयोग गर्न सकिने उल्लेख गरे।

वाग्लेका अनुसार प्रवासी नेपालीको लगानीसँगै उनीहरूको सीप, प्रविधि, अनुभव र ज्ञानलाई समेत नेपालमा भित्र्याउन सके मुलुकको उत्पादन, रोजगारी र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्न सक्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/