Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजदेखि निर्वाचनका लागि प्रचारप्रसार गर्न पाइने

काठमाडौं— निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने जनाएको छ। कानुनी व्यवस्थाअनुसार मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं— निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने जनाएको छ।

कानुनी व्यवस्थाअनुसार मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चार माध्यम मार्फत प्रचार गर्न पाइन्छ।

आयोगका अनुसार फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातासमक्ष गएर मत माग्न सक्नेछन्। पत्रपत्रिका र अनलाइन माध्यममा तोकिएको मापदण्डअनुसार विज्ञापन गर्न पनि अनुमति दिइएको छ।

निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आयोगले आग्रह गरेको छ। उल्लङ्घन भएको पाइएमा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने वा गम्भीर अवस्थामा उम्मेदवारी खारेज गर्नेसम्मको कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

साथै सामाजिक सञ्जालमा मिथ्या सूचना र दुष्प्रचार नगर्न पनि सबै पक्षलाई सचेत गराइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/