Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न उद्योग परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले प्रेस विज्ञप्तिमार्फत सबै पक्षलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न आग्रह गरेको छ। विज्ञप्तिमा नेपाल लामो समयदेखि धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरणका रूपमा परिचित रहेको…


विज्ञापनAdvertisement Banner
2 min read

नेपाल उद्योग परिसंघले प्रेस विज्ञप्तिमार्फत सबै पक्षलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न आग्रह गरेको छ।

विज्ञप्तिमा नेपाल लामो समयदेखि धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै, पूर्वी नेपालका विभिन्न जिल्लामा पछिल्लो समय उत्पन्न परिस्थितिलाई सामान्य अवस्थामा ल्याउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। परिसंघका अनुसार कुनै पनि असन्तुष्टि, विवाद वा समस्याको समाधान हिंसा र द्वन्द्वबाट होइन, संवाद र वार्ताबाट खोजिनु आवश्यक छ।

आन्दोलनका नाममा हुने तोडफोड,  बन्द, लुटपाटजस्ता गतिविधिले उद्योग–व्यवसाय क्षेत्रमा थप चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। परिसंघले हाल देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा ध्यान दिनुपर्ने समयमा अशान्तिपूर्ण घटनाले नकारात्मक असर पार्ने जनाएको छ।

साथै, नेपाल सरकार तथा सम्बन्धित निकायले नागरिक र उद्योगी–व्यवसायीको सुरक्षा प्रति प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग परिसंघले गरेको छ। देशभर रहेका आफ्ना प्रदेश तथा जिल्ला संघहरूका साथै निजी क्षेत्रका अन्य संस्थालाई पनि सामाजिक संघ–संस्थासँग समन्वय गरी सद्भाव र्‍याली तथा शान्ति प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आगृह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/