Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनएमबी बैंकले खिम्ती–घवाङ साना जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने

९ मेगावाट क्षमताको खिम्ती–घवाङ साना जलविद्युत् आयोजना निर्माणका लागि एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा बैंक र आयोजनाबीच २०८३ साउन १२ गते औपचारिक ऋण…


विज्ञापनAdvertisement Banner
2 min read

९ मेगावाट क्षमताको खिम्ती–घवाङ साना जलविद्युत् आयोजना निर्माणका लागि एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा बैंक र आयोजनाबीच २०८३ साउन १२ गते औपचारिक ऋण लगानी सम्झौता सम्पन्न भएको हो। जुन अयोजना वन्डर्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित रहेको छ ।

ऋण लगानी सम्झौतापत्रमा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्। आयोजना निर्माणमा करिब १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जस अन्तरर्गत १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणमार्फत व्यवस्थापन गरिनेछ भने बाँकी ५६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) बाट जुटाइने कम्पनीले जनाएको छ। उक्त इक्विटीमध्ये हालसम्म ३५ करोड रुपैयाँ संकलन भइसकेको छ भने बाँकी रकम आगामी असोजभित्र जुटाउने लक्ष्य राखिएको छ।

दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ को सिमानाबाट बग्ने खिम्ती–घवाङ खोलामा आयोजना निर्माण भइरहेको छ। कम्पनीका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको छ। गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माणाधीन यो आयोजना सामाजिक तथा वातावरणीय मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरमा सुनिश्चित गर्न हाइड्रो सेलेक्ट टुल्स प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुने दाबी कम्पनीले गरेको छ।

गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारी जग्गा प्राप्ति तथा रुख कटानको स्वीकृति प्राप्त भइसकेको छ। यससँगै पहुँचमार्ग, गोदाम भवन, आवास गृह तथा आवश्यक जग्गा खरिदको काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। साथै, सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल संरचनाको निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न भई काम तीव्र गतिमा अघि बढिरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/