Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

न्यूजिल्यान्ड र पोर्चुगल पठाइदिने प्रलोभनमा लाखौँ ठगी गर्ने दुई व्यक्ति काठमाडौँबाट नियन्त्रित

काठमाडौँ — वैदेशिक रोजगारीका लागि आकर्षक कमाइ हुने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। न्यूजिल्यान्ड र पोर्चुगल पठाइदिने भन्दै रकम असुल गरी फरार रहेका उनीहरूलाई शुक्रबार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ — वैदेशिक रोजगारीका लागि आकर्षक कमाइ हुने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। न्यूजिल्यान्ड र पोर्चुगल पठाइदिने भन्दै रकम असुल गरी फरार रहेका उनीहरूलाई शुक्रबार प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा

राजकुमार भण्डारी : ५१ वर्ष, घर रूपन्देही (हाल बसोबासस् तारकेश्वर नगरपालिका–१०, काठमाडौँ)
सुरेश घिमिरे : २९ वर्ष, घर ओखलढुङ्गा (हाल बसोबासस् बुढानिलकण्ठ नगरपालिका–१२, काठमाडौँ)

घटनाको विवरण

न्यूजिल्यान्ड पठाईदिन्छु भन्ने बहानामा आरोपी राजकुमार भण्डारीले दुई जना पिडितहरूबाट कुल ३ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै पोर्चुगल पठाईदिन्छु भन्ने बहानामा अर्का आरोपी सुरेश घिमिरेले एक जना पिडितबाट १८ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका थिए। पिडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले खोजी कार्य तीव्र पारेको थियो। सोही क्रममा भण्डारीलाई तारकेश्वर–१० र घिमिरेलाई काठमाडौँ महानगरपालिका–७ बाट पक्राउ गरिएको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/