spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारस्याङ्जा कारागारको सुरक्षा जिम्मा सेनालाई

स्याङ्जा कारागारको सुरक्षा जिम्मा सेनालाई

काठमाडौं— स्याङ्जाको सदरमुकामस्थित जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेना ले लिएको छ। बिहीबार साँझ ५ बजेदेखि कारागारको सुरक्षा व्यवस्थापन सेनाले औपचारिक रूपमा सम्हालेको हो।

सेनाको सिंह शार्दुल गुल्म, आँधीखोला ब्यारेकबाट २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको जनाइएको छ। यसअघि उक्त कारागारको सुरक्षा व्यवस्थापन नेपाल प्रहरी को संयुक्त टोलीले गर्दै आएको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीति अवलम्बन गरिएको हो। सोही निर्णय कार्यान्वयनका क्रममा स्याङ्जा कारागारमा पनि सेना तैनाथ गरिएको सम्बद्ध स्रोतले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here