Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

महाशिवरात्रि लक्षित तयारी सम्पन्नतर्फ, पशुपतिनाथमा ८ लाख भक्तजन आउने अनुमान

काठमाडौं — पशुपति क्षेत्र विकास कोष ले यस वर्षको महाशिवरात्रि पर्वका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कोषका अनुसार फागुन ३ गते मनाइने महाशिवरात्रिका अवसरमा करिब ८ लाख…


विज्ञापनAdvertisement Banner
2 min read
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं — पशुपति क्षेत्र विकास कोष ले यस वर्षको महाशिवरात्रि पर्वका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कोषका अनुसार फागुन ३ गते मनाइने महाशिवरात्रिका अवसरमा करिब ८ लाख श्रद्धालुले पशुपतिनाथ मन्दिर मा दर्शन गर्ने अनुमान गरिएको छ।

यस पर्वमा स्वदेश तथा विदेशबाट गरी करिब ४ हजार साधुसन्तहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायसँग समन्वय गरी विशेष सुरक्षा प्रबन्ध मिलाइएको कोषले जनाएको छ। साथै, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन छुट्टै योजना कार्यान्वयनमा ल्याइएको छ।

दर्शनार्थीको भीड व्यवस्थापन र सहज आवागमनका लागि यस वर्ष चारवटा प्रवेश मार्ग निर्धारण गरिएको छ। मैतीदेवी, बत्तिसपुतली तथा पुरानो बानेश्वर क्षेत्रबाट आउने भक्तजनलाई गौशाला–पिंगलास्थान गेट हुँदै प्रवेश गराइनेछ।

त्यस्तै, भक्तपुर, ललितपुर, कोटेश्वर र तीनकुने क्षेत्रबाट आउनेहरूका लागि राम मन्दिर–आर्यघाट मार्ग प्रयोग गर्न व्यवस्था मिलाइएको छ। जोरपाटी, कपन र चाबहिल क्षेत्रबाट आउने दर्शनार्थीहरूलाई गौरिघाट मार्गबाट प्रवेश दिइनेछ भने रातोपुल–कालोपुलतर्फबाट आउनेहरू जयबागेश्वरी मन्दिरतर्फको बाटो प्रयोग गरी मन्दिर परिसरमा प्रवेश गर्न सक्नेछन्।

कोषले पर्व अवधिभर दर्शनलाई छिटोछरितो र व्यवस्थित बनाउन स्वयंसेवक परिचालन, स्वास्थ्य सहायता केन्द्र तथा आवश्यक सेवा–सुविधाको व्यवस्थासमेत गरिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/