Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नारायणगढ–मुग्लिन सडकका १५ स्थानको पहिरो हटेपछि दुईतर्फी यातायात पुनः सञ्चालन

नारायणगढ–मुग्लिन सडकखण्डमा लगातारको वर्षापछि विभिन्न १५ स्थानमा खसेको पहिरो हटाइएसँगै दुईतर्फी सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। सोमबार दिउँसोदेखि परेको वर्षाका कारण साँझ करिब ७ बजेदेखि पहिरो खस्न सुरु भएको थियो, जुन…


विज्ञापनAdvertisement Banner
2 min read

नारायणगढ–मुग्लिन सडकखण्डमा लगातारको वर्षापछि विभिन्न १५ स्थानमा खसेको पहिरो हटाइएसँगै दुईतर्फी सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।

सोमबार दिउँसोदेखि परेको वर्षाका कारण साँझ करिब ७ बजेदेखि पहिरो खस्न सुरु भएको थियो, जुन मंगलबार बिहानसम्म विभिन्न स्थानमा जारी रहेको थियो। सडकमा जमेको पहिरो हटाउन रातिदेखि नै दुईवटा लोडरसहितका उपकरण परिचालन गरिएको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई स्थान, घुमाउने, सिमलतालका दुई स्थान, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। तीमध्ये सेतीदोभान क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको थियो भने अन्य अधिकांश स्थानमा एकतर्फी मात्रै आवागमन प्रभावित भएको थियो।

राति करिब १ बजेसम्म आवश्यक स्थानमा पहिरो हटाएर सवारी सञ्चालन गर्ने प्रयास गरिएको भए पनि केही क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले पूर्ण रूपमा यातायात सञ्चालनका लागि बिहानसम्म कुर्नुपरेको इन्जिनियर घिमिरेले जानकारी दिए।

प्रशासनले उक्त सडकखण्डमा वर्षायामका बेला जुनसुकै समयमा पहिरो खस्न सक्ने जोखिम कायम रहेकाले विशेष गरी रातिको समयमा सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/