Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालीकोटमा पहिरोले दुई जनाको ज्यान लियो

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ अन्तर्गत काप्रिखोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। आज दिउँसो करिब १ः३० बजे पानी घट्टमा पिठो पिस्न गएका बेला माथिबाट आएको पहिरोले पुरिँदा धाँमीगाउँ निवासी ४६ वर्षीया…


विज्ञापनAdvertisement Banner
1 min read

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ अन्तर्गत काप्रिखोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ।

आज दिउँसो करिब १ः३० बजे पानी घट्टमा पिठो पिस्न गएका बेला माथिबाट आएको पहिरोले पुरिँदा धाँमीगाउँ निवासी ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुवै जना घट्टमा बसिरहेका बेला अचानक आएको पहिरोले पुरेको थियो। उद्धारपछि उनीहरूको अवस्था जाँच गर्दा घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीका अनुसार घटनाको थप विवरण संकलन तथा अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ। उहाँले घटनास्थल पुगेर थप तथ्य खुल्ने जानकारी दिनुभयो।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट करिब १० किलोमिटर दूरीमा रहेको छ। मृतकहरूको शव परीक्षणका लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालबाट चिकित्सकको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/