Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्यो

पोखरा,गण्डकी प्रदेश सभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। मंगलबार पारित भएको उक्त विधेयकसँगै प्रदेशमा नियमनसहित गाँजा खेती गर्ने कानुनी आधार तयार…


विज्ञापनAdvertisement Banner
1 min read

पोखरा,गण्डकी प्रदेश सभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। मंगलबार पारित भएको उक्त विधेयकसँगै प्रदेशमा नियमनसहित गाँजा खेती गर्ने कानुनी आधार तयार भएको हो।
प्रदेश सरकारले औषधि उत्पादन, अनुसन्धान तथा औद्योगिक प्रयोगका लागि गाँजा खेतीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ। यसबाट कृषकको आय वृद्धि, रोजगारी सिर्जना तथा कृषि क्षेत्रमा नयाँ लगानी भित्रिने अपेक्षा गरिएको छ।
विधेयक कार्यान्वयनका लागि आवश्यक मापदण्ड, इजाजत प्रणाली, अनुगमन तथा व्यवस्थापनसम्बन्धी नियमावली प्रदेश सरकारले आगामी दिनमा तयार गर्नेछ।
गण्डकी प्रदेशको यो निर्णयलाई नेपालमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित र कानुनी ढंगले अघि बढाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/