Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जोमसोम–तिलिचो पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल तयार

मुस्ताङको जोमसोम हुँदै तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधालाई लक्षित गर्दै नयाँ आश्रयस्थल निर्माण गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमले मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित नमखुखर्क…


विज्ञापनAdvertisement Banner
2 min read

मुस्ताङको जोमसोम हुँदै तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधालाई लक्षित गर्दै नयाँ आश्रयस्थल निर्माण गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमले मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित नमखुखर्क लेक क्षेत्रमा ५० जना पर्यटक अट्न सक्ने क्षमताको आश्रयस्थल निर्माण सम्पन्न गरेको हो।

प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीका अनुसार उक्त संरचना निर्माणमा एक्याप जोमसोमले १२ लाख ३५ हजार ५५० रुपैयाँ खर्च गरेको छ। आश्रयस्थल सञ्चालनमा आएपछि जोमसोम–ठिनी–नमखुखर्क–मेसोकोन्दा पास हुँदै तिलिचो ताल पुग्ने पदयात्रीलाई विश्राम लिन सहज हुने अपेक्षा गरिएको छ।

तिलिचो ताल समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा मनाङ जिल्लाको निस्याङ गाउँपालिकामा अवस्थित छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल आन्तरिक तथा विदेशी पर्यटकका लागि साहसिक पदयात्राको आकर्षक गन्तव्यका रूपमा परिचित छ।

जोमसोमबाट ठिनी हुँदै तिलिचो पुग्ने पदमार्ग मनाङतर्फको मार्गको तुलनामा छोटो र सहज मानिन्छ। आश्रयस्थलमा पर्यटकले बस्ने र खानपानका लागि हलसहित आवश्यक आधारभूत सुविधा उपयोग गर्न सक्नेछन्।

यसैबीच, नमखुखर्कभन्दा माथिल्लो क्षेत्रमा करिब ३०० मिटर जीर्ण बनेको पदमार्गमा ग्याविन पर्खाल निर्माण गरी पदमार्गको स्तरोन्नति पनि गरिएको छ।

जोमसोमबाट तिलिचो पुग्ने यो छोटो र सहज मार्गबारे पर्याप्त जानकारी नपुग्दा अपेक्षाअनुसार पर्यटकको आवागमन हुन नसकेको बताइएको छ। हिमपहिरो तथा सुक्खा पहिरोका कारण समय–समयमा पदमार्ग क्षति भए पनि एक्याप जोमसोम र संरक्षण व्यवस्थापन समितिले नियमित रूपमा मर्मत तथा सुधारको काम गर्दै आएका छन्।

नमखुखर्कबाट करिब पाँच घण्टाको उकालो यात्रा गरी समुद्री सतहबाट पाँच हजार २४५ मिटर उचाइमा रहेको मेसोकोन्दा पास पार गरेपछि करिब एक घण्टामा तिलिचो ताल पुग्न सकिन्छ।

यस पदमार्गबाट नीलगिरि, धौलागिरिलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। साथै, वन्यजन्तुको गतिविधि तथा याक र चौँरीको प्राकृतिक बासस्थान पनि नजिकबाट अवलोकन गर्ने अवसर पर्यटकले पाउँछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/