Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वर्षा सगै धवलागिरि प्रादेशिक अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै

धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा पुगेर मुहानको पानी परीक्षण गरेको थियो । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा मानव स्वास्थ्यका…


विज्ञापनAdvertisement Banner
2 min read
धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा पुगेर मुहानको पानी परीक्षण गरेको थियो । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्ला सदरमुकामसँगै जोडिएका गाउँका स्थानीयले उपभोग गर्ने पानीमा ‘कोलिफर्म’ भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो दिसामा देखिने जीवाणु भएकाले यो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
प्रमुख आचार्यले अनुसार, “अस्पतालमा दूषित पानीको प्रयोगबाट हुने बिरामीको सङ्ख्या बढेपछि करिब चार सय मुहानको पानी परीक्षण गर्दा केही मुहानमा कोलिमर्फ भेटियो । यस्तो पानी उपभोग गर्दा बिरामी पर्ने र ज्यानै जान सक्ने जोखिम रहन्छ । त्यसैले खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीयलाई पानीको शुद्धीकरण गरेरमात्रै प्रयोग गर्न आग्रह गरेका छौँ ।”
आथिक वर्ष ०८१/०८२ मा पनि ३४१ स्थानमा पानी परीक्षण गरिएकामा १२५ स्थानमा कोलिफर्म देखिएको प्रयोगशाला प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा भने २०८ स्थानको पानी परीक्षण गर्दा ७३ स्थानमा कोलिफर्म देखिएको थियो । कोलिफर्मयुक्त पानीका कारण ज्वरो, टाइफाइट, झाडापखला, मलेरिया, जन्डिसलगायत रोग लाग्ने धवलागिरि प्रादेशिक अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले बताउनुभयो । बर्खाको समयमा पानी दूषित हुने हुँदा धेरै बिरामी बढ्ने उहाँको भनाइ छ । यो याममा पानी शुद्धीकरण गरेर र उमालेर मात्रै पिउनुपर्ने उहाँको सुझाव छ ।
वर्षासँगै फोहरजन्य दूषित पानीका कारण धेरै मानिस बिरामी पर्ने जोखिम रहन्छ । खोलानाला बढ्ने, भल आउने समस्याका कारण पानीको मुहान दूषित हुन्छ”, डा तिवारीले भन्नुभयो, “सोही कारणले पानी सफा देखेर सिधैँ पिउनुभन्दा उमालेर पिउन उत्तम हुन्छ ।” डा तिवारीका अनुसार धवलागिरि अस्पतालमा दैनिक ६०० को हाराहारीमा बिरामी आउने गरेको छन् । तीमध्ये अधिकांश दूषित पानीका कारण बिरामी हुनुभएको परीक्षणका क्रममा देखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/