Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

केयूको ३१औँ दीक्षान्त समारोहमा १,५२७ विद्यार्थीलाई उपाधि प्रदान

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोह ९दोस्रो चरण० अन्तर्गत विभिन्न संकायका एक हजार ५२७ विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको…


विज्ञापनAdvertisement Banner
3 min read

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोह ९दोस्रो चरण० अन्तर्गत विभिन्न संकायका एक हजार ५२७ विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ।

शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न समारोहमा दीक्षित हुनेमध्ये ११.७२ प्रतिशत विद्यार्थी नेपालबाहेक अन्य सात देशका रहेका थिए। समारोहका क्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रमाणपत्र तथा स्वर्णपदक प्रदान गरिएको थियो।

विश्वविद्यालयका अनुसार दीक्षितमध्ये स्कुल अफ आर्ट्सका १६१, स्कुल अफ एजुकेशनका ११२, स्कुल अफ इञ्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ विद्यार्थी रहेका छन्।

यस वर्ष विश्वविद्यालयले पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका २६, डक्टर अफ मेडिसिन इन निओनाटोलोजीका तीन तथा मास्टर अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलिक्युलर बायोलोजीका चार विद्यार्थीलाई समेत उपाधि प्रदान गरेको जनाएको छ।

समारोहमा स्नातक तहमा सबैभन्दा उच्च ३.९९ सिजीपीए हासिल गरी ब्याचलर अफ इञ्जिनियरिङ इन कम्प्युटर इञ्जिनियरिङ उत्तीर्ण गरेकी रिस्ता श्रेष्ठलाई उपकुलपति स्वर्णपदक प्रदान गरियो। त्यस्तै, स्कुल अफ एजुकेशनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा ३.९७ सिजीपीएसहित मास्टर अफ एजुकेशन इन लिडरशिप एन्ड म्यानेजमेन्ट उत्तीर्ण गरेकी अञ्जु कुमारीलाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरिएको छ।

दीक्षित हुनेमध्ये विद्यावारिधि तहका २१, एमफिलरमास्टर बाई रिसर्चका ९३, स्नातकोत्तर तहका २७९, पीजीडीई तहका दुई तथा स्नातक तहका एक हजार १३२ विद्यार्थी रहेका छन्।

विदेशी विद्यार्थीतर्फ अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिकाका १७९ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयले यो सङ्ख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको जनाएको छ।

यस समारोहसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म दीक्षित हुने विद्यार्थीको कुल सङ्ख्या ५१ हजार ५६७ पुगेको छ। तीमध्ये छ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन कुल उत्तीर्णको करिब १२ प्रतिशत हो। यसपटक दीक्षितमध्ये ५२.३९ प्रतिशत पुरुष र ४७।६१ प्रतिशत महिला विद्यार्थी रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/