Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इन्धन आपूर्ति सहज बनेको निगमको दाबी, पम्पमा देखिएको भीड हट्दै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री तथा वितरणमा देखिएको असहज अवस्था पूर्ण रूपमा समाधान भइसकेको जनाएको छ। निगमका अनुसार केही पेट्रोल पम्पमा मौज्दात कम हुँदा अस्थायी रूपमा सवारीसाधनको लाम देखिएको भए पनि…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री तथा वितरणमा देखिएको असहज अवस्था पूर्ण रूपमा समाधान भइसकेको जनाएको छ। निगमका अनुसार केही पेट्रोल पम्पमा मौज्दात कम हुँदा अस्थायी रूपमा सवारीसाधनको लाम देखिएको भए पनि आवश्यक परिमाणमा इन्धन पठाइएकाले अहिले आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट गरिएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार थानकोटस्थित डिपोबाट मागअनुसार इन्धन लोड गरी विभिन्न पम्पमा पठाइएको छ। केही पम्पमा इन्धन पुगिसकेको र बाँकी स्थानमा आपूर्ति प्रक्रिया जारी रहेकाले उपभोक्ताले चिन्ता लिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरका पेट्रोल पम्पमा अचानक उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल आयल निगमले केही पम्पको अनुगमनसमेत गरेको थियो।

निगमका अनुसार आज मात्रै काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूले थानकोट डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका छन्। उपत्यकामा हाल १३० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/