Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विष्णु पौडेललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानका लागि असार ८ गते सोमबार पक्राउ परेका पौडेललाई असार ९ गते…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानका लागि असार ८ गते सोमबार पक्राउ परेका पौडेललाई असार ९ गते विशेष अदालतले ७ दिन (आज सोमबारसम्म) हिरासतमा राख्न अनुमति दिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान पूर्ण नभएको भन्दै आज म्याद थपका लागि विशेष अदालतमा पेश गरेकोमा अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपका लागि अनुमति दिएको हो। उता विष्णु पौडेलकी श्रीमतीले पौडेललाइै गैरकानूनी तवरले थुनामा राखिएको भन्दै सर्वाेच्च अदालतमा पेश गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा अदालतले सरकारलाई पक्राउ गर्नुपर्नाको कारण माग गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/