Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतिले पारित

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। विधेयकमाथिको दफावार छलफलका…


विज्ञापनAdvertisement Banner
2 min read

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिने ऋण उत्पादनमूलक तथा विकासमुखी आयोजनामा परिचालन गरिने स्पष्ट पार्नुभयो। उहाँका अनुसार वैदेशिक ऋण मुख्यतः पूर्वाधार विकासका लागि लक्षित हुने भएकाले त्यस्ता आयोजनाले आर्थिक गतिविधि विस्तार, यातायात दूरी घटाउने तथा लागत कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने गरेका छन्।

उहाँले ऋणमार्फत निर्माण गरिएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको हालको अवस्थाले भने फरक सन्देश दिएको उल्लेख गर्दै त्यस्ता आयोजनाको प्रभावकारिता र उपयोगितामाथि निरन्तर निगरानी आवश्यक रहेको बताउनुभयो।

यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले दर्ता गराउनुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने कार्यसूची रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/