spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारहात्तीबाट पीडितले मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

हात्तीबाट पीडितले मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

झापा बाहुनडाँगी क्षेत्रका हात्ती कारण पीडित बनेका नागरिकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आम नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयले थप समस्या झेल्न नपरोस् भनी मेचीनगर नगरपालिका–१ देखि ४ नं वडासम्मका नागरिकका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।

हरेक वर्ष भारतबाट आउने हात्तीको समूहले लगाइएको अन्नबाली नष्ट गर्ने तथा घरगोठ भत्काउने गरेकाले त्यसको स्थायी र प्रभावकारी रोकथाम गर्न मुख्यमन्त्री समक्ष आग्रह गरेको छ । बाहुनडाँगीदेखि राजमार्ग उत्तरका बासिन्दालाई भविष्यमा समेत जङ्गली जनावरको आक्रमणबाट जोगाउने प्रभावकारी योजना घोषणा गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।

त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले मानव र वन्यजन्तुबीचको द्वन्दका रूपमा रहेको हात्तीसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने धारणा राख्नुभयो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here