काठमाडौं — नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आइरहेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २५० रुपैयाँले घटेर प्रतितोला चार हजार २३५ रुपैयाँमा किनबेच भइरहेको हो ।




