spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारयस वर्ष मधेसमा आँपको उत्पादन घट्यो

यस वर्ष मधेसमा आँपको उत्पादन घट्यो

यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण मधेस प्रदेशमा आँपखेती उत्पादन जमिनको को क्षेत्रफल बढे पनि घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो । किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको भएपनि उत्पादनमा हावाहुरीले क्षति गरेपछि किसान निरास भएका छन् ।

कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अधिकृत किरण विश्वकर्माका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत नौ दशमलव चार मेट्रिक टन उत्पादकत्वका दरले दुई लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको जानकारी दिनुभयो ।

अघिल्लो आव २०८१/८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव ४३ मेट्रिक टन उत्पादकत्वका दरले तीन लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तुलनात्मक रुपमा चालु वर्ष आँपखेतीको क्षेत्रफल दुई हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिएको छ ।

जिल्लागत रूपमा सप्तरीमा आठ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिक टन, सिरहामा नौ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन तथा रौतहटमा चार हजार ७७० हेक्टर क्षेत्रफलबाट ५४ हजार ३७८ मेट्रिक टन आँप उत्पादन भएको छ । सर्लाहीमा दुई हजार १०० हेक्टरबाट १३ हजार २० मेट्रिक टन, महोत्तरीमा तीन हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, धनुषामा तीन हजार ३२५ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, बारामा एक हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टर क्षेत्रफलबाट पाँच हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ ।

मधेस प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपालीलगायत जातका आँप उत्पादन हुन्छ । यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाको साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here