Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया तीव्र बनाइने : उद्योगमन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण कार्यलाई अब छिट्टै अघि बढाइने बताउनुभएको छ। चितवन उद्योग सङ्घले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले औद्योगिक क्षेत्र सञ्चालनका लागि…


विज्ञापनAdvertisement Banner
2 min read

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण कार्यलाई अब छिट्टै अघि बढाइने बताउनुभएको छ।

चितवन उद्योग सङ्घले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो। उहाँले उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। मन्त्री यादवका अनुसार नियमविपरीत सञ्चालन भएका उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरिएको छ भने कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका उद्योगलाई सहुलियतसहित आवश्यक सहयोग उपलब्ध गराइएको छ।

कार्यक्रममा चितवन उद्योग सङ्घका उपाध्यक्ष गोपालप्रसाद गैरेले सङ्घले सञ्चालन गरिरहेका विभिन्न परियोजनाबारे जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको कार्यान्वयनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो।

त्यसै अवसरमा उद्योगी अर्जुन सापकोटाले स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक कच्चा पदार्थमा कर सहुलियतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिकाका वडा नम्बर ३, ७ र ८ तथा इच्छाकामना गाउँपालिकाको वडा नम्बर ७ अन्तर्गत कुल एक हजार १७८ हेक्टर क्षेत्रफल छुट्याइएको छ। यस परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्र निर्माणमा करिब ३७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/