Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्दो गर्मीका कारण नेपालगन्जका विद्यालय तीन दिनका लागि बन्द

नेपालगन्जमा अत्यधिक गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी बुधबारदेखि तीन दिनका लागि सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ। यसअघि पनि बढ्दो तापक्रमका कारण उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिइसकेको थियो। मौसम प्रतिकूल…


विज्ञापनAdvertisement Banner
2 min read

नेपालगन्जमा अत्यधिक गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी बुधबारदेखि तीन दिनका लागि सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ। यसअघि पनि बढ्दो तापक्रमका कारण उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिइसकेको थियो।

मौसम प्रतिकूल बन्दै गएपछि विद्यार्थीहरूलाई विद्यालय आउन-जान समस्या भएको र उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम देखिएकाले असार १०, ११ र १२ गते शिक्षण संस्थाहरू बन्द रहने भएका हुन्।

नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर खत्रीका अनुसार जल तथा मौसम विज्ञान विभाग लगायतका निकायहरूको परामर्श र सुझावका आधारमा यो कदम चालिएको हो। गर्मीका कारण कक्षाकोठामा विद्यार्थीहरू बेहोस हुने र टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरू देखापर्न थालेपछि बाध्य भएर तीन दिनका लागि पठनपाठन स्थगित गरिएको उहाँले स्पष्ट पार्नुभयो।

हाल नेपालगन्ज उपमहानगरपालिका भित्र ८२ वटा संस्थागत, ४२ वटा सामुदायिक र ३९ वटा धार्मिक गरी जम्मा १६३ वटा विद्यालयहरू सञ्चालनमा छन्। यी सबै विद्यालयहरूमा यो नियम लागू हुनेछ। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीका अनुसार हाल नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र खजुराको तापक्रम ३९.६ डिग्री सेल्सियस पुगेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/