Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्रियसभाद्वारा चारवटा महत्त्वपूर्ण अध्यादेश बहुमतले स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित चारवटा अध्यादेशलाई बहुमतबाट स्वीकृत गरेको छ। बैठकमा विपक्षी सांसदहरूले राखेका अस्वीकारसम्बन्धी प्रस्तावहरू बहुमतले असफल भएसँगै सरकारद्वारा पेस गरिएका अध्यादेशहरू स्वीकृत भएका हुन्। सहकारी र स्वास्थ्य क्षेत्रका…


विज्ञापनAdvertisement Banner
2 min read

राष्ट्रियसभाको आजको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित चारवटा अध्यादेशलाई बहुमतबाट स्वीकृत गरेको छ। बैठकमा विपक्षी सांसदहरूले राखेका अस्वीकारसम्बन्धी प्रस्तावहरू बहुमतले असफल भएसँगै सरकारद्वारा पेस गरिएका अध्यादेशहरू स्वीकृत भएका हुन्।

सहकारी र स्वास्थ्य क्षेत्रका अध्यादेश स्वीकृत
बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। त्यसलगत्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले उक्त अध्यादेशलाई स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बैठकको बहुमतले अनुमोदन गर्‍यो।

यस्तै, सांसद मिनासिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो। सो प्रस्ताव बहुमतले अस्वीकृत भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त अध्यादेश स्वीकृतिका लागि राख्नुभएको प्रस्ताव बहुमतले पारित भयो।

सार्वजनिक खरिद र सम्पत्ति शुद्धीकरण अध्यादेश पनि पारित
बैठकमा सांसद रञ्जित कर्णले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव राख्नुभएकोमा त्यसलाई पनि बहुमतले अस्वीकृत गरिदियो। त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

यसैगरी, सांसद रोशनी मेचेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भयो। तत्पश्चात् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गर्‍यो।

थारु आयोगको प्रतिवेदन पेस, अर्को बैठक असार ११ मा
आजको बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारु आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवदेन समेत सदनसमक्ष पेस गर्नुभएको थियो। राष्ट्रियसभाको अर्को बैठक आगामी असार ११ गते दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/