Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चिडियाखाना दुई साताका लागि बन्द

राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको जनाएको छ । सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई…


विज्ञापनAdvertisement Banner
2 min read
राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको जनाएको छ । सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ ।
चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लुको सङ्क्रमण देखिएको कोषकी प्रवक्ता रचना शाहले बताउनुभयो । “चिडियाखानामा बर्डफ्लुका कारण काग र परेवा मरेको पाइयो । पशु चिकित्सक तथा सम्बन्धित विज्ञसँग परामर्श गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अन्य वन्यजन्तुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवश्यक उपाय अवलम्बन गरिएको छ ।”
तत्कालका लागि चिडियाखाना आगन्तुकका लागि बन्द गरिएको छ । कम्तीमा दुई सातासम्म बन्द रहने र त्यसपछिको अवस्था विज्ञहरूको सुझाव तथा जोखिम मूल्याङ्कनका आधारमा तय गरिने शाहले बताउनुभयो । चिडियाखानाभित्र रहेका अन्य जीवजन्तुको स्वास्थ्य अवस्था निगरानी बढाइएको तथा सम्भावित सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/