Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

धार्चेमा ३ अर्बको लागतमा माछाखोला जलविद्युत् आयोजनाको निर्माण तीव्र

गोरखाको धार्चे गाउँपालिका-५ मा १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। वाटर इनर्जी डेभलपमेण्ट प्रालिले कुल ३ अर्ब रुपैयाँको लगानीमा यो आयोजना अघि बढाएको हो। हालैबाट सुरु गरिएको…


विज्ञापनAdvertisement Banner
2 min read

गोरखाको धार्चे गाउँपालिका-५ मा १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। वाटर इनर्जी डेभलपमेण्ट प्रालिले कुल ३ अर्ब रुपैयाँको लगानीमा यो आयोजना अघि बढाएको हो।

हालैबाट सुरु गरिएको आयोजना निर्माण अन्तर्गत अहिले सुरुङ खन्ने कामले तीव्रता पाएको छ। आयोजनाका संस्थापक पुष्पराज आचार्यका अनुसार हालसम्म करिब ७० मिटर सुरुङ खनिसकिएको छ। आगामी ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा कृषि विकास बैंकको अगुवाइमा अन्य दुई वाणिज्य बैंक गरि तीन ओटा वित्तीय संस्थाले लगानी गर्ने सम्झौता भएको छ।

आयोजनाको संरचना अनुसार रेसे फाँटमा बाँध निर्माण गरिनेछ। त्यहाँबाट ३ किलोमिटर लामो सुरुङमार्फत माछाखोला बजार नजिकै बन्ने विद्युत गृह (पावर हाउस) मा पानी खसालेर बिजुली निकालिनेछ। उत्पादित विद्युतलाई २२ किलोमिटर टाढा रहेको धादिङको बोराङस्थित सबस्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरिने योजना छ।

आयोजना निर्माणका लागि कम्पनीले स्थानीय व्यक्तिको स्वामित्वमा रहेको झन्डै १३ रोपनी जग्गा खरिद गरिसकेको छ भने आवश्यक पर्ने केही सरकारी जग्गा सट्टाभर्ना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको संस्थापक आचार्यले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/