Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

फौजदारी अभियोग लागेका बीमा कम्पनीका सबै सञ्चालकहरु निलम्वित

काठमाडौं — नियामक बीमा प्राधिकरणले फौजदारी अभियोग लागेका सबै बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुलाई निलम्वन गर्ने पत्र पठाएको छ । बीमा प्राधिकरणले हिजो साँझ सिआईबीले फौजदारी अभियोग लगाएको मुद्दा दर्ता गरेका सबै…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नियामक बीमा प्राधिकरणले फौजदारी अभियोग लागेका सबै बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुलाई निलम्वन गर्ने पत्र पठाएको छ ।

बीमा प्राधिकरणले हिजो साँझ सिआईबीले फौजदारी अभियोग लगाएको मुद्दा दर्ता गरेका सबै अध्यक्ष, सञ्चालक तथा अन्य बाँकी कर्मचारीहरुलाई निलम्वनको पत्र पठाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले फौजदारी अभियोजनको क्रममा उनीहरुलाई फरार सूचिमा राखेर अभियोग दर्ता गरेपछि निलम्वन गर्ने निर्णय गरिएको हो । प्रहरीको फरार सूचिमा रहने उता, कार्यालयमा पुगेर काम गर्ने प्रयासमा केही व्यक्तिहरु सक्रिय भएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

सञ्चालक समितिहरु निलम्वन गर्ने निर्णयसँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेतृत्व विहिन हुन पुगेको छ । सो कम्पनीका सबै सञ्चालक निलम्वित भएका छन् भने सिईओ तथा डिसिओ समेत निलम्वनमा परेपछि अब कम्पनी कसरी अघि बढ्छ भन्ने प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/